काठमाडौं : सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका १,२०७ जना फरार रहेको नेपाल प्रहरीले जनाएको छ ।
विगत दुई वर्षदेखि प्रहरीले १,२०७ जना सहकारीकर्मीहरुलाई खोजिरहेको छ । प्रहरीका अनुसार गत साउनदेखि वैशाखसम्म ६९५ जना र गत आर्थिक वर्ष ५१२ जना फरार छन् ।
प्रहरीले गत वर्ष १९३ जनालाई पक्राउ गरेको थियो । त्यस्थै चालु आर्थिक वर्षको वैशाखसम्म १५३ जनालाई पक्राउ गरिसकेको छ । प्रहरी ती व्यक्तिहरुलाई पक्राउ गर्न टीम नै परिचालन गरेको भएपनि उपेक्षित उपलब्धी भने हासिल गर्न सकेको छैन ।
Advertisment