काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment