Below Menu
Below Menu

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो ।

इन्स्यारेन्सले उक्त बीमालेखहरुमा जेठ २३ गतेदेखि ३० गतेसम्ममा नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार ३ वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्ष भन्दा माथिदेखि ५ वर्षसम्मका व्यतित बीमालेखमा ५० प्रतिशत र ५ वर्षदेखि ७ वर्ष सम्मका व्यतित बीमालेखमा ३५ प्रतिशत र ७ वर्ष माथिदेखि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट दिने भएको हो ।

उल्लेखित व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने छ ।

यसका साथै कम्पनीबाट ब्याज÷जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरु बीमालेख बीमालेख नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार सरेन्डर गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याजरजरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।

ब्यतित भएको बीमालेख जोखिम बहन नगर्ने हुँदा समयमानै आफ्नो नविकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरुपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क हुन समेत कम्पनीले आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार