Below Menu
Below Menu

टिकेन शेयर बजारको वृद्धि, परिसूचक र कारोबार दुबै घट्यो

टिकेन शेयर बजारको वृद्धि, परिसूचक र कारोबार दुबै घट्यो

काठमाडौं : साताको चौंथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.२२ अंकले बढेर २०८५.३० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा भगवती हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार