Below Menu
Below Menu

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८१/०८२) को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार प्रदेशसभाको चौथो अधिवेशनको छैटौं अधिवेशनमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

विशेषगरी सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखेर नीति, कार्यक्रम ल्याइएको छ । नीति तथा कार्यक्रमका धेरैजसो पुराना कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरू पनि समेटिएको छ । 

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिने विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । त्यस्तै प्रदेश आयुर्वेद औषधालयलाई वैकल्पिक औषधि उत्पादनको मुख्य केन्द्र बनाइने कार्यक्रम रहेको छ । 
 
प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने कर्णा सरकारको योजना रहेको छ । सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ । साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने परियारले बताए । 

यस्तै कर्णालीको भाषा, संस्कृतिलाई संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी कानुन बनाइने सरकारले नीति ल्याएको छ ।  यस्तै सुर्खेत विमानस्थलको विस्तार, आन्तरिक हवाई उडानका लागि पहल गरिने छ भने सुरक्षाको लागि राजधानीमा सीसीटिभी क्यामेरा जडान गरिने सरकारले योजना ल्याएको छ । यी कार्यक्रम यसअघि पनि नीति, कार्यक्रम तथा बजेटमा सम्बोधन हुँदै आएका कार्यक्रमहरू हुन् । 

वित्तीय सुधार ल्याइनेछ भने सुशासनमा जोड दिइने छ ।साना आयोजना कार्यान्वयनका लागि स्थानीय तहमा हस्तान्तरण गरिने र प्रदेश सरकारले ठुला र रणनीति योजनामा ध्यान दिइने नीति लिइने सकरारको योजना रहेको छ ।

‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमलाई प्रभावकारी बनाइने छ भने ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने छ ।  यस्तै आयोजना बैँक स्थापना गरी आयोजना निर्माण प्रक्रियामा सुधार ल्याइनेदेखि उत्पादनमुलक आयोजनामा लगानी गरिने नीति सरकारले ल्याएको छ । 
 

Advertisment

थप समाचार