Below Menu
Below Menu

सहकारी घोटाला: छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने

सहकारी घोटाला: छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने

काठमाडौं : सभामुख देवराज घिमिरेको उपस्थितिमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेर समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ ।

बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सभामुख बुधबार बसेको बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

“सभामुख स्वयं उपस्थित भएर बैठक शुभारम्भ गराउनुभयो, त्यसपछि हामीले बैठकमा छलफल गर्यौँ”, रासससँग कुरा गर्दै सभापति थापाले भने, “निर्धारित समय (तीन महिना) भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेका छौँ ।”

समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनेपछि शुक्रबार पुनः बैठक बसेर छलफल गर्ने तय भएको छ ।

यही जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न समिति गठन भएको थियो । नेकपा (एमाले) सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन भएको होे । 

समितिको सदस्यमा नेकपा (एमाले) बाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्र्रुवबहादुर प्रधान रहेका छन् ।

Advertisment