Below Menu
Below Menu

हकप्रद जारी गर्ने प्रस्तावसहित ग्लोबल इक्विटी फण्ड डाक्यो विशेष साधारणसभा 

हकप्रद जारी गर्ने प्रस्तावसहित ग्लोबल इक्विटी फण्ड डाक्यो विशेष साधारणसभा 

काठमाडौं : ग्लोबल इक्विटी फण्ड लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्नै प्रस्तावसहित विशेष साधारणसभा बोलाएको हो । 

उक्तसभा असार ७ गते सानेपा, ललितपुरमा बिहान १० बजे हुनेछ । सभाले हकप्रद शेयर जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गर्नेछ । 

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालकहरूको नियुक्ती अनुमोदनको प्रस्ताव पारित गर्नेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते एक दिन बुक क्लाृज गर्ने भएको छ । जस अनुसार जेठ ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
 

Advertisment

थप समाचार