सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख ४४ हजार पुग्यो 

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख ४४ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । जेठ २२ गते एकैदिन तोलामा १७ सयले बढेर एक लाख ४२ हजार ७०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार