काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज माई खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।