Below Menu

वातावरण दिवसः दुधौली नगरपालिकाद्वारा चुरे उत्थानशील आयोजनाको सहकार्यमा वृक्षरोपण 

वातावरण दिवसः दुधौली नगरपालिकाद्वारा चुरे उत्थानशील आयोजनाको सहकार्यमा वृक्षरोपण 

दुधौली : विश्व वातावरण दिवसको उपलक्ष्यमा सिन्धुलीको दुधौली नगरपालिकाले सप्ताहव्यापी रुपमा वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गरेको छ, र चुरे उत्थानशील आयोजनासँग मिलेर वृक्षरोपण गरेको छ। आयोजनाका मधेस प्रदेश संयोजक राम बालक यादवले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीलाई एउटा बिरुवा हस्तान्तरण गरेर वृक्षरोपणको शुरुवात गरेका छन् ।

Sponsored Advertisement

दुधौली –९ स्थित निर्माणाधीन नगरपालिका भवनको प्राङ्गणमा अशोक, गुलमोहर र धुपीका बिरुवा १२० बिरुवा रोपिएका छन् । मेयर, नगरपालिकाका अन्य पदाधिकारी, प्रहरी अधिकृत तथा समुदायका सदस्यहरुले बिरुवा रोपेका थिए । वातावरण दिवसको उपलक्ष्यमा दुधौली नगरपालिकाले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको हो । यो भन्दा अगाडि त्यस अभियान अन्तर्गत नगरपालिकामा सरसफाई गरिएको थियो ।

“हामीले विगतदेखि नै वृक्षरोपणलाई महत्व दिइराखेका छौँ । रुखहरु मानव जीवनसँग जन्मदेखि मृत्युसम्म सँगै हुन्छन् । रुखले हामीलाई अक्सिजन दिन्छ, भूक्षय रोक्छ, र जलवायु परिवर्तनको असर पनि न्युनीकरण गर्छ । त्यसैले हामीले वृक्षरोपण गरेका हौँ,“ नगरप्रमुख दिनेश अधिकारी भन्छन् ।

नगरपालिका नजिकै सडकका दुई किनारमा यी रुख रोपिएका हुन् । “यसैगरी यो वृक्षरोपणको काम अघि बढाउने र सबै सरोकारवालासँग मिलेर हरियाली दुधौली बनाउने हामीलाई रहर छ,“ नगरपालिकाकी कृषि अधिकृत सीता खतिवडा भन्छिन् । 

वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वृक्षरोपण गरिएको चुरे उत्थानशीलता आयोजनाका सिन्धुली प्रदेश संयोजक राम बालक यादवले बताएका छन् । “नगरपालिकासँगको सहकार्यमा हामीले वृक्षरोपण गरेका छौँ। नगरपालिकाका बढि भन्दा बढि मानिसलाई संरक्षणको सन्देश दिने हाम्रो उद्देश्य हो,” यादव भन्छन् । चुरे उत्थानशील आयोजनाले यो वृक्षरोपणका लागि बिरुवा उपलब्ध गराएको हो ।

चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ ।

हाल सिन्धुली प्रदेशमा आयोजनाको १ ठुलो वन नर्सरी र १४ साना कृषि वन (नीजि) नर्सरी गरेर १५ वटा नर्सरी रहेका छन् । यी नर्सरीमा कूल डेढ लाख भन्दा बढी बिरुवा रहेका छन्, जसमध्ये रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ । बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् ।

 

 

थप समाचार