काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । जेठ २४ गते एकैदिन तोलामा १८ सयले बढेर एक लाख ४५ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।