काठमाडौं : नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हाल कायम संस्थापक शेयरधनीले आफ्नो कायम शेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।
हकप्रद शेयरका लागि आवेदनकर्ताले आगामी असार ११ देखि असार २५ गतेभित्र कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।
साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको शेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
Advertisment