Below Menu
Below Menu

नेप्सेमा थपियो साढे ३७ लाख कित्ता बोनस शेयर 

नेप्सेमा थपियो साढे ३७ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको ३७ लाख ६५ हजार १९५ दशलमव १६४ कित्ता शेयर सूचीकृत गरेको हो ।

माउन्टेन इनर्जीको १५ प्रतिशत र नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सका अनुसार माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४० दशलमव ५ कित्ता र नेशनल लघुवित्तको ८ लाख १३ हजार १५४ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारका कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार