Below Menu
Below Menu

पूँजी बजारका समस्या समाधान गर्न सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन

पूँजी बजारका समस्या समाधान गर्न सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन

काठमाडौं : पूँजी बजार तथा वित्त बजार संघको राष्ट्रिय भेलाले पुँजी बजारका समस्या समाधान गर्न समिति गठन गरेको छ । नेकपा एमालेले पूँजी बजारका समस्या समाधान गर्न सशक्त पहल गर्ने घोषणाा गरेको हो ।
 
संघको पहिलो राष्ट्रिय भेलाले शेयरलगानीकर्ता सागर ढकालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण गिरि र महासचिवमा  कुमार पौडेल छन् भने सचिवमा डिल्लीराम पंगेनी छन् । 

उत्तः समितिका कोषाध्यक्ष बलराम राई रहेका छन् भने सदस्यमा सीए संजीव ढकाल,वीर बहादुर तामाङ,तेज प्रसाद अर्याल,वुद्धिराज ढकाल,राजेस कार्की, दिपक अधिकारी,संगिता तिमिल्सीना,अमृत खड्‌का,प्रकाश भुसाल छन् ।

समितिका सल्लाहाकारमा तिलक कोइरला,राधा पोखरेल,धर्म सापकोटा र राज कुमार तिमिल्सिना रहेका छन् ।

Advertisment