काठमाडौं : सुनको मूल्यमा आईतबार भाारि गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले गिरावट भएको हो । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै यस दिन चाँदीको मूल्यमा पनि गिरावट भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
Advertisment