Below Menu
Below Menu

साल्ट ट्रेडिङ्ग कर्पोरेशनद्वारा १५ प्रतिशत बोनस शेयर वितरण 

साल्ट ट्रेडिङ्ग कर्पोरेशनद्वारा १५ प्रतिशत बोनस शेयर वितरण 

काठमाडौं : साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर एक महिनाभित्र वितरण गरेको हो ।

कम्पनीका अनुसार चैत ८ गतेसम्म कायम शेयरधनीरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । यसका साथै कम्पनीले चैत ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न भनेको छ । 

उक्त बोनस शेयर जेठ २१ गते दोस्रो बजारमा सूचक्ीृत भएको थियो । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो ।

यसका साथै कम्पनीले बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथासिघ्र खोली आफ्नो बोनस प्राप्त गर्न भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । 
 

Advertisment

थप समाचार