काठमाडौं : ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मर्जर प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।
उत्त सभा सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय बुटवलमा हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जानका लागि मर्जर समिति गठन, उपयुक्त कम्पनीको पहिचान लगाएतका सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार असार २ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
Advertisment