काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १.९३ अंकले घटेर २०७७.७८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा इस्टर्न हाइड्रो, शुभम पावर, सिटी होटल्स, कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment