Below Menu
Below Menu

नक्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 
 
राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारको आरोप छ । उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ ।

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गर्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

Advertisment

थप समाचार