काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री ९लकइन पिरियड० असार २७ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ असार २८ गते बाँडफाँट गरी संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको १० लाख १५ हजार ४५९ दशमलव ९७ कित्ता शेयर लकइनमा राखेको थियो । जसमा संस्थापक शेयरधनीलाई छुट्याएको १० लाख ८ हजार ३५ दशमलव ४३ कित्ता र कर्मचारीहरुका लागि राखेको ७ हजार ४२४ दशलमव ५३ कित्ता शेयर रहेको छ ।
उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment