Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित ट्रष्ट माइक्रो इन्स्योरेन्सले डाक्यो साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित ट्रष्ट माइक्रो इन्स्योरेन्सले डाक्यो साधारणसभा 

काठमाडौं : ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण बोलाएको हो ।

उक्त सभा असार २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सर्वसाधारणमा शेयर निष्कासन गर्ने र सर्वसाधारणका लागि छुट्याईएको शेयरबाट ५ प्रतिशत शेयर छुट्याउने गरी प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । 

यसका साथै सभाले आईपीओ निष्कासनका प्रक्रियाका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले समुह क बाट सञ्चालक समितिको निर्वाचन गर्ने र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ती गर्ने र सञ्चालकहरूको बैठक भत्ता तथा अन्य सेवा सूविधाका सम्बन्धमा समेत आवश्यक निर्णय गर्नेछ ।

Advertisment