आर्थिक विकासका लागि कार्बन व्यापार र वन पैदवारको सहज आपूर्ति आवश्यकः उपराष्ट्रपति 

आर्थिक विकासका लागि कार्बन व्यापार र वन पैदवारको सहज आपूर्ति आवश्यकः उपराष्ट्रपति 

काठमाडौं : उपराष्ट्रपति राम सहाय यादवले जलवायु परिवर्तनको असर निमूृल गर्न तथा अनुकलनका निम्ति वनले पुर्याएको योगदानको समिक्षा र मूल्यांकन सबै पक्षबाट हुन जरुरी रहेको बताएका छन् ।

निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताउँदै उनले मुलुकमा कार्बन व्यापार र वन पैदवारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने बताए ।

बढ्दो बसाइसराई जैविक विविधता, बढ्दो अव्यवस्थित सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जलवायु परिवर्तनको कारणले हुने अतिवृष्टि, अनावृष्टि र खण्ड वृद्धि आदिको संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत हुन आवश्यक रहेको उनको भनाई छ । 

यसले गर्दा वातावरण संरक्षणमा पारिवारिक निजी वन संघको भूमिका महत्वपूर्ण हुने उनले बताए । उनले भने, ‘वातावारण संरक्षण र वनको दिगो विकासका चूनौतीहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सरोकारवाला व्यक्तिको सहकार्य समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प छ । ’

पारिवारिक निजी वन संघको तेस्रो राष्ट्रिय महाधिवेशनको समुद्घाटनमा बोल्दै उनले सामुहिक धारणा, मुद्दा र अभियानका साथ अघि बढ्नेहरुबाटै देशको विकास उन्नति र प्रगति हुने बताए ।

वन तथा वातावरण संरक्षणमा सफल सक्रियता निर्वाह गरिसकेकाहरुलाई अग्रपंक्रिमा राखेर उनीहरुले यो क्षेत्रमा अंगालेका अनुभव आदान प्रदान गरी सिकाई उपलब्धिहरुलाई सरोकारवाला समक्ष पु¥याउन सकमा निजी वनले वातावरणमा पुर्याउँदै आएको योगदान फराकिलो हुने उनको भनाई छ ।

उनले भने, ‘जलवायु परिवर्तनको असर निमूृल गर्न तथा अनुकलनका निम्ति बनले पुर्याएको योगदानको समिक्षा मूल्यांकन सबै पक्षबाट हुन जरुरी छ । निजी वनको महत्व, उपद्येयता आवश्यकता र सान्दर्भिकताको औचित्यलाई पुष्टि गर्न सहयोग पुग्दछ ।’
संघले विश्वव्यापी मान्यता र सिद्धान्तलाई अंगिकार गर्दै अघि बढेमा वन  क्षेत्रमा देखिने समस्या चुनौती र कठिनाईहरुको सम्बोधन हुन सक्ने उनले बताए ।

संघले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो छरितो बढ्ने विरुवाको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरको अनुकुलन र न्युनीकरणमा सहयोग पुग्ने शुत्रहरुको पहिचान गर्दै अघि बढ्न सक्ने कार्ययोजनाहरु निर्माण गर्नुपर्ने उनको भनाई छ । 

सबै क्षेत्र र भुगोलको निजी र आवादी जमिनमा कृषि वन तथा निजी वनको विस्तार र प्रवद्र्धन गरी वन पैदावारमा आतमनिर्भर बनाउने उद्यमशीलताको विकास गरी आर्थिक समृद्धिमा सहयोग पुग्ने कार्ययोजनाका लागि अघि बढ्न आवश्यक रहेको उनले बताए । 
 

थप समाचार