काठमाडौं : नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ ।
कम्पनीलृे एक सूचना जारी गर्दै कम्पनीमा वा बीमा सर्भेयरलाई दाबी फछ्र्यौट गर्न आवश्यक कागजात पेश नभएको वा कम्पनीको सम्पर्कमा नआएका बीमितहरुलाई १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन आग्रह गरेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय, नजिकको शाखा कार्यालय वा बीमा सर्भेरको सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन कम्पनीले आग्रह गरेको तोकिको समयमा कम्पनीको सम्पर्कमा नआएको खण्डमा बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।
Advertisment