Below Menu
Below Menu

सामान्य अंकले सुधारियो शेयर बजार, साढे पाँच अर्बको कारोबार 

सामान्य अंकले सुधारियो शेयर बजार, साढे पाँच अर्बको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनी कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment