विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब, १५ महिनाकाे आयात धान्ने  

विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब, १५ महिनाकाे आयात धान्ने  

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति  असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा यस अवधिमा आइपुग्दा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई २ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ ।

बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । 
 

थप समाचार