काठमाडौं : हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असार १० गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये १५ लाख कित्ता शेयरको लकइन पिरियड खुल्ला भएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।
कम्पनीले चुक्ता पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो ।
जसमध्ये सामुहिक लगानी कोषका लागि छ्ट्याएको १५ लाख कित्ता शेयरमा नेपाल धितोपत्र बोर्डका निर्देशन अनुसार लक इनमा राखिएको थियो ।
नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आईपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment