काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथेली बुखारी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment