Below Menu
Below Menu

नेप्से परिसूचकको वृद्धि निरन्तर, पौने ६ अर्बको कारोबार

नेप्से परिसूचकको वृद्धि निरन्तर, पौने ६ अर्बको कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment