काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सको साधारण शेयर बिक्री (लकइन पिरियड) असार ३१ गतेबाट सकिने भएको कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको एक करोड ५३ लाख ७२ हजार ५०० कित्ता शेयर लकइनमा राखेको थियो । जसमा संस्थापक शेयरधनीलाई छुट्याएको एक कारेड ५० लाख ५० हजार कित्ता र कर्मचारीहरुका लागि राखेको तीन लाख २२ हजार ५०० कित्ता शेयर रहेको छ ।
उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment