काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ५८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समृद्धि फाइनान्स र कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मिड साेलु हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment