Below Menu
Below Menu

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद जारी गर्ने प्रस्ताव पारित 

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद जारी गर्ने प्रस्ताव पारित 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भएको उक्त सभा बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु.२ अर्ब १० करोडको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयर बराबर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता २ अर्ब ४१ ५० लाख रुपैयाँ पुग्नेछ । सभाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

त्यस्तै कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समिति गठन गर्ने तथा सोही बमोजिमकम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने निर्णय भएको छ । 

यसका साथै सभाले नेपाल बीमा प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ रहे बमोजिम संचालक समितिमा समेत सो अनुपातमा प्रतिनिधित्व गराउने गरी नियामावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । 
 

Advertisment

थप समाचार