सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार