काठमाडौं : नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कोषले हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Advertisment