Below Menu
Below Menu

युनाईटेड मोदी हाइड्रोपावरको अध्यक्षमा नविन सिलवाल

युनाईटेड मोदी हाइड्रोपावरको अध्यक्षमा नविन सिलवाल

काठमाडौं : युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् ।

संचालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको गत २७ गते सम्पन्न १० औँ बार्षिक साधारणसभाबाट सिलवाल संचालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव रहेको छ ।

सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् । युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडानसम्मको अनुभव रहेको छ ।

आजै बसेको संचालक समितिको बैठकले कम्पनीको प्रन्बन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ ।

Advertisment

थप समाचार