Below Menu
Below Menu

विजय लघुवित्तले यस वर्ष लाभांश नदिने 

विजय लघुवित्तले यस वर्ष लाभांश नदिने 

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । असार १ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकको स्वीकृति लिने निर्णय गरेको छ । 

गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  
 

Advertisment

थप समाचार