Below Menu
Below Menu

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, करिब ९५ करोड ठगी

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, करिब ९५ करोड ठगी

काठमाडौं : कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अध्यक्ष थापा सहित सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

ललितपुरको कुमारीपाटीमा रहेको उक्त सहकारीका ५६६ सय बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । 

सहकारीले बचतकर्ताको ९४ करोड २१३ लाख ४२ हजार रुपैयाँ अपचलन गरेको बताइएको छ । उक्त सहकारीका पिडिट बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेको छ । 

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले ६ थान मोबाइल, तीन थान पेनड्राइभ, हस्ताक्षर सहितका तीन थान चेक, बा २५ च ४२९६ नम्बरको इको भ्यान समेत बरामद गरेको छ ।

Advertisment

थप समाचार