काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्ने गरी बिक्रीमा ल्याएको हो । छन् ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता २१० रूपैयाँ तोकिएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला गरिएको शेयरमा आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा असार ११ गतेसम्म तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कँपनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यी शेयर खरिद गर्न इच्छुक खरीदकर्ताहरूले बिक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथलीसँगै शाखा कार्यालय बिराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
Advertisment