Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १७.०४ अंकले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बरुण हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment