काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामा रहेको ५ लाख ६८ हजार २८७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयर खरिद गर्न इच्छुक खरीदकर्ताहरूले ३५ दिन भित्र बिक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथलीमा आवेदन दिनुपर्ने छ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याइने कम्पनीले जनाएको छ ।
Advertisment