Below Menu
Below Menu

बलेफी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के–के छन् एजेन्डा ? 

बलेफी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के–के छन् एजेन्डा ? 

काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असार २० गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा रोयल एलिनाज रेष्टुरेन्ट प्रालि मदन भण्डारी रोड नयाँ बानेश्वरमा बिहान ११ बजे हुनेछ । सभाले सञ्चालकहरुको नियुक्त सम्बन्धमा र कर्जा सुविधा स्वीकृति सबन्धमा छलफल गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार ११ गते मंगलबार एकदिनका लागि बुक क्लोजको मिति तय गरेको छ । जस अनुसार असार १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 
 

Advertisment