काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।