Below Menu
Below Menu

शेयर बजारमा झिनो अंकको सुधार, तीन अर्ब ४० करोडमा समेटियो कारोबार 

शेयर बजारमा झिनो अंकको सुधार, तीन अर्ब ४० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १८.८६ अंकले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार  नेप्सेमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनानस कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment