Below Menu
Below Menu

नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता शेयर बिक्रीमा 

नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर बिहीवार बिक्रीमा आएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकोह हो । 

उक्त शेयरको मूल्य प्रतिकित्ता ७०० रूपैयाँ तोकिएको छ । शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ३० हजार कित्ताको लागि असार १२ गतेसम्म आवेदन सकिने छ ।

Advertisment