टिकेन नेप्से परिसूचकको वृद्धिः दोहोरो अंकले बजार घट्दा तीन अर्ब ८७ करोडको कारोबार 

टिकेन नेप्से परिसूचकको वृद्धिः दोहोरो अंकले बजार घट्दा तीन अर्ब ८७ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.२७ अंकले बढेर २०७०.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार  नेप्सेमा तीन अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज माउन्टेन इनर्जी नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कालिका लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतितश भनदा बढीले बढेको हो । आज कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

थप समाचार