Below Menu
Below Menu

सहकारी अनुमगनका लागि प्राधिकरण बनाउने काम अन्तिम चरणमा पुगेको छः मन्त्री अधिकारी 

सहकारी अनुमगनका लागि प्राधिकरण बनाउने काम अन्तिम चरणमा पुगेको छः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी अनुमगनका छुट्टै सुपरीवेक्षकीय निकाय बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नमाथि जवाफ दिँदै उनले सहकारीका समाधानका लागि उच्च स्तरीय आयोग बनाउने सन्दर्भमा अधिकार सम्पन्न प्राधिकरण बनाउने काम अन्तिम चरणमा पुगेको बताए ।

उनले भने, ‘संसदले समिति बनाएको छ । छानबीनको प्रक्रियामा गएको छ । उहाँहरुले प्रतिवेदन बुझाएपछि अगाडी बढ्नेछौं ।’
यकसा साथै उनले सहकारी पीडितसँग भएका सहमतिका कार्यान्वयनका लागि पनि प्रक्रिया अघि बढाएको बताए । उनले भने,

‘सहकारी पीडितहरुसँग पनि आठ बुँदे सहमति गरेका छौं । बुँदागत रुपमा काम सम्पन्न प्रक्रिया अघि बढाएका छौं ।’
सहकारी पीडितकै भावना अनुसार सरकारले नीति र कार्ययोजना बनाएको बताउँदै उनले ऐनमा संशोधन गर्ने कुरा पनि अघि सारेको बताए । 
 

Advertisment

थप समाचार