सुनको मूल्य एकैदिन तोलामा १९ सयले बढ्यो, चाँदी कति ?  

सुनको मूल्य एकैदिन तोलामा १९ सयले बढ्यो, चाँदी कति ?  

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार