साढे १४ खर्बको आयात हुँदा एक खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा १३ खर्ब नाघ्यो 

साढे १४ खर्बको आयात हुँदा एक खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा १३ खर्ब नाघ्यो 

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले सवा १३ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

Sponsored Advertisement

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

जेठ सम्म नेपालले १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । जेठ आयात १.८४  प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको हो । जेठ मसान्तसम्म साढे १४ रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब ४३ अर्ब ५८ करोड  ६५ रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

थप समाचार