कास्की : पोखरा महानगरपालिका-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा फरारमध्ये ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत मोदी १ स्थायी घर भई हाल पोखरा १८ बस्ने वर्ष ५५ की धनकुमारी गुरुङ, सोही ठाउँ घर भइ हाल पोखरा ८ बस्ने वर्ष ४७ की सीताकुमारी गुरुङ र पोखरा ३, तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई उक्त कसूरबमोजिम सजायको लागि कास्की जिल्ला अदालत समक्ष पेस गरिएको जनाइएको छ।
६५ जना प्रतिवादी बनाइएको सो मुद्दामा ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबी छ। जिल्ला अदालतमा विचाराधीन मुद्दामा बिहीबारमात्र अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने तथा २ जना धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
मुद्दामा अझै ५३ जना फरार छन्।
Advertisment