Below Menu
Below Menu

इभि गाडीको आयात तीन गुणाले बढ्यो, एघार महिनामा भित्रिए ११ हजार बढी 

इभि गाडीको आयात तीन गुणाले बढ्यो, एघार महिनामा भित्रिए ११ हजार बढी 

काठमाडौं :  चालु आर्थिक वर्षको जेठ महिनामा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । सरकारले बजेट मार्फत इभी गाडीम कर बढाउने पूर्व सूचनाको आधारमा व्यापारीहरुले बजेट अघि नै ३ हजार बढी गाडी आयात भएको पाईएको छ ।

पछिल्लो समय विद्युतीय गाडी आयात उच्च बढेको छ । चालु आर्थिक वर्षको दश महिनामै ११ हजार ४६६ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो ।

गत आवको सोही अवधिमा तीन २ हजार ८७० वटा विद्युतीय गाडी आयात भएको थियो । गत वर्षको तुलनामा यस अवधिमा इभी गाडीको आयात तीन गुणाले बढेको हो ।

विभागका अनुसार यस अवधिमा इभी गाडीको आयात गर्दा २९ अर्ब ४ लाख ५७ हजार रकम रुपैयाँ बाहिरिएको छ भने आयातित गाडीबाट १३ अर्ब ६ करोड ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

विभागका अनुसार नेपालले जेठमा मात्रै ३ हजार १९९ गाडी आयात भएको छ । त्यस्तै साउनमा ११० वटा गाडी आयात गरेको थियो भने भदौमा ७८८ वटा र असोजमा १२ सय ३७ वटा इभि गाडी आयात भएको थियो । 

विभागको तथ्यांक अनुसार चालु आवको कार्तिकमा ६५२ वटा, मंसिरमा ८९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा १ हजार ५२ वटा, फागुनमा २७६ वटा, चैतमा ६५८ वटा  बैशाखमा एक हजार ४०४ वटा विद्युतीय गाडी आयात भएको थियो । 

यस अवधिमा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात गरेको छ । विभागका अनुसार जेठ मसान्तसम्म चीनबाट आठ हजार ३७७ वटा इभि गाडी आयात गरेको हो । 
 

Advertisment

थप समाचार