काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ। हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।
Advertisment